images
images
  • कांग्रेसद्वारा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न सर्कुलर

    काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा हुने निर्वाचनमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मत दिन नेपाली कांग्रेसले आन्तरिक सर्कुलर जारी गरेको छ ।

    पार्टीले दुवै समितिमा रहेका आफ्ना सांसदहरूलाई सो निर्देशन दिएको हो ।

    उक्त दुवै समितिको सभापति पदका लागि दुई–दुई जनाको उम्मेदवारी परेको छ ।

    शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरु बराल प्रतिस्पर्धामा छन् ।

    त्यस्तै, संयुक्त समितिको सभापति पदका लागि नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images