images
images
  • तारा मानन्धर मुक्तिनाथ विकास बैंक सिइओमा नियुक्त

    काठमाडौं– तारा मानन्धर पुन बैंकिङ क्षेत्रमा फर्किएका छन् ।

    मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिले उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको हो ।

    वैशाख ३ गते बसेको बैठकले गरेको निर्णयअनुसार उनी जेठ १ गतेबाट सिइओको जिम्मेवारी सम्हाल्नेछन् ।

    हालका सिइओ प्रद्युम्न पोखरेलको कार्यकाल सकिएपछि उनले पदभार ग्रहण गर्नेछन् ।

    यसअघि प्रभु बैंकमा डेपुटी सिइओ, साबिक कैलाश विकास बैंक मा डेपुटी सिइओ भएर काम गरेका मानन्धर मर्जरपछि पद घटाइएको भन्दै राजीनामा दिएका थिए। पछिल्लोपटक उनी डिसहोमको सिइओका रूपमा कार्यरत थिए ।

    करिब २५ वर्षको बैंकिङ अनुभव भएका मानन्धरले साबिक नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लगायतमा काम गरिसकेका छन् ।

    उनी यसअघि मुक्तिनाथ विकास बैंकमै डेपुटी सिइओ पनि भइसकेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images