काठमाडौं– सरकारले २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पदमा रहेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न आयोग गठन गरेको छ ।
राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा बनेको आयोगमा पूर्वन्यायाधीशहरू पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल सहित अन्य सदस्य छन् ।
यस अवधिमा बनेका १७ सरकारका करिब ३०० मन्त्री र प्रधानमन्त्रीहरू छानबिनको दायरामा पर्नेछन्, जसमा पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरबहादुर देउवा लगायतका पूर्वप्रधानमन्त्रीदेखि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसम्म समेटिएका छन् ।
साथै पूर्वराष्ट्रपति रामवरण यादव, विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसमेत छानबिनमा पर्न सक्ने देखिन्छन् ।
आयोगले सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र विश्लेषण गरी अस्वाभाविक सम्पत्तिको अनुसन्धान गर्नेछ ।
कार्यादेश भने अझै तय भइनसकेको छ ।
यसअघि भैरवप्रसाद लम्साल नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक नभएको इतिहास छ ।
त्यसैले यसपटक आयोगको प्रभावकारिता र पारदर्शितामाथि विशेष चासो देखिएको छ ।






















