काठमाडौं– अस्पतालमा उपचाररत केपी शर्मा ओलीलाई भेट्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ टिचिङ अस्पताल पुगेका छन् ।
पत्थरीको शल्यक्रियापछि स्वास्थ्यलाभको गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बिहीबार अस्पताल पुगेका हुन् ।
‘हिजो अस्पतालले अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सा¥यो, त्यसपछि स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड कमरेड पुग्नु भएको हो,’ एमाले सचिव भानुभक्त ढकालले भने, ‘भेटवार्ता स्वास्थ्यलाभकै सन्दर्भमा केन्द्रित थियो ।’
नेकपा सम्बद्ध स्रोतका अनुसार दुई नेताबीच करिब ४० मिनेट छलफल भएको थियो ।
एमाले–नेकपा एकीकरणको चर्चा चलिरहेका बेला शीर्ष तहमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















