images
images
  • सुन–चाँदीको मूल्य ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ ।

    आज (शुक्रबार) का लागि छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

    बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images