काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध दायर अदालतको अवहेलना मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा राखिएको हो ।
अधिवक्ता वर्षाकुमारी झाले बालेनको अभिव्यक्ति अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरेकी हुन् ।
यसअघि वारेसको अनुमति नपाएका बालेनले पुनः वैशाख ३ गते निवेदन दिएका छन् ।
‘आदिपुरुष’ फिल्ममा प्रयोग भएको ‘भारतकी बेटी’ संवाद हटाउन माग गर्दै उनले फिल्म प्रदर्शन रोक्न निर्देशन दिएका थिए ।
सो विषयमा उच्च अदालत पाटन ले अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न भनेपछि बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने बताएका थिए ।
उनको उक्त अभिव्यक्ति संविधान र कानुनी शासनविपरीत भएको दाबी गर्दै अवहेलना मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्






















