images
images
  • कांग्रेस देउवा, शेखर र गगनपक्ष फुट उन्मुख, नयाँ पार्टी गठनको आन्तरिक गृहकार्य

    काठमाडौं– २ वैशाख २०८३ मा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले उपसभापति पदमा नरहेको दाबी गर्दै पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोधेपछि पार्टीभित्रको विवाद सतहमा आएको छ ।

    खड्काले भने आफू अझै आधिकारिक उपसभापति रहेको दाबी गर्दै निर्णयलाई अस्वीकार गरेका छन् ।

    जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चुनिए पनि शेरबहादुर देउवा र शेखर कोइराला समूहले अस्वीकार गरेपछि कांग्रेस तीन धारमा विभाजित भएको छ ।

    आधिकारिकताको विवाद निर्वाचन आयोग र अदालतमा विचाराधीन छ ।

    इतिहासमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेस अहिले आन्तरिक कलह, कमजोर प्रतिपक्ष भूमिका र निर्वाचनमा पराजयका कारण संकटमा छ ।

    पछिल्लो चुनावमा कमजोर प्रदर्शन र नेताबीचको असहमतिले पार्टी फुटको संघारमा पुगेको नेताहरूको भनाइ छ ।

    विश्लेषकहरूका अनुसार कांग्रेसको कमजोर अवस्थाले समग्र लोकतान्त्रिक प्रणालीमै असर पार्न सक्छ, तर नेताहरूबीचको अविश्वास र गुटबन्दी अन्त्य नभएसम्म एकता सम्भव देखिँदैन ।

    यद्यपि पूर्वसभापति शेरबहादुर देउवा, वर्तमान सभापति थापा र नेता शेखर कोइरालाले नयाँ पार्टी गठनका लागि आन्तरिक गृहकार्य थालेको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images