images
images
  • एन आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

    काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी सहज रूपमा उपलब्ध गराउन एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

    बैंकद्वारा सुरु गरिएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण विवरणहरू एकै ठाउँमा हेर्न सकिने व्यवस्था गरिएको छ। ग्राहक महानुभावहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा रहेको QR कोड स्क्यान गरी वा सोझै https://auctionassistance.nicasiabank.com मा प्रवेश गरी सम्पत्तिको विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

    उक्त पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचानजस्ता महत्वपूर्ण विवरणहरू उपलब्ध छन्। यसले इच्छुक खरिदकर्तालाई सम्पत्तिबारे स्पष्ट र विस्तृत जानकारी लिन सहयोग पुर्‍याउनेछ।

    त्यसैगरी, कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सोधपुछ गर्न सकिने व्यवस्था पनि गरिएको छ।

    बैंकले उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्तिहरू, धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका सम्पत्तिहरू तथा अन्य सम्बन्धित सूचनाहरू अद्यावधिक गर्दै जाने जनाएको छ। यस प्रणालीमार्फत इच्छुक ग्राहकहरूले सहज, पारदर्शी र डिजिटल माध्यमबाट सम्पत्ति सम्बन्धी जानकारी लिन सक्ने बैंकको विश्वास रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images