images
images
  • सेयर बजारमा पहिरो, सबै सर्किट राताम्य

    काठमाडौं– बिहीबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक ३३.८३ अंक (१.१८ प्रतिशत) ले घटेर २८३३ विन्दुमा झरेको छ। अघिल्लो दिन भने नेप्से ३३.२७ अंकले बढेको थियो।

    यस दिन कारोबार रकम पनि घटेर १० अर्ब ५३ करोडबाट ९ अर्ब ३१ करोडमा झरेको छ। ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ कम्पनी स्थिर रहे। सबै समूहगत सूचकहरू घटेका छन्, जसमा फाइनान्स समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ।

    बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूह पनि घटेका छन्।

    यस दिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने केही कम्पनीहरूमा उल्लेख्य गिरावट देखियो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर अगाडि रहे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images