images
images
  • रास्वपालाई २८ हजार ५०० लेबी बुझाउनुपर्ने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री, सांसद र स्वकीयका लागि लेबी निर्धारण गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सांसदबाट १६ हजार ५ सय र मन्त्रीबाट १८ हजार रुपैयाँ लेबी लिने निर्णय गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ ।

    भविष्यमा सांसदले पनि स्वकीय राख्ने व्यवस्था भएमा उनीहरूका स्वकीयले पनि २ हजार रुपैयाँ लेबी तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images