images
images
  • हर्क साम्पाङ विपक्षी दलको बैठकमा अनुपस्थित

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी अनुपस्थित रह्यो ।

    प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको सभापति चयनबारे साझा धारणा बनाउन कांग्रेसले उक्त बैठक बोलाएको थियो ।

    बैठकमा नेकपा एमाले र नेकपाका नेताहरू सहभागी भए पनि श्रम संस्कृति पार्टी र राप्रपा भने उपस्थित भएनन् ।

    कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले संसद्मा प्रतिनिधित्व गर्ने सबै विपक्षी दललाई छलफलका लागि निम्तो दिइएको बताएका थिए ।

    यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारीलाई समर्थन गरेको थियो ।

    रास्वपाको समर्थनमा उनी उपसभामुख निर्वाचित भएपछि हर्क साम्पाङ पछिल्लो समय रास्वपासँग केही नरम देखिँदै आएका छन् ।

    यसैबीच, रास्वपाले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images