images
images
  • लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

    काठमाडौं– लेखा समितिको सभापति पद कांग्रेसलाई दिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको छ ।

    सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय अनुमोदन गरेको हो ।

    प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिहरूका सभापतिका लागि आज मनोनयन दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ ।

    यसैबीच नेपाली कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

    नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

    उक्त जानकारी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images