काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूका सभापतिका उम्मेदवारहरू टुंगो लगाएको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
रास्वपाका एक सांसदका अनुसार, प्रस्तावित नामहरूलाई केही समयमै औपचारिक अनुमोदन गरिनेछ ।
समितिका सभापतिहरूको निर्वाचन शुक्रबार हुने तय छ भने मनोनयन प्रक्रिया आजै सम्पन्न हुने जनाइएको छ ।
रास्वपा सभापति उम्मेदवारहरू :
१) कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बाँस्कोटा
२) पूर्वाधार विकास समिति – आशिष गजुरेल
३) राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
४) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी
५) सार्वजनिक लेखा समिति – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि छुट्याइएको
६) महिला तथा सामाजिक मामिला समिति – (टुंगो लाग्न बाँकी)
७) उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समिति – मनिष झा
८) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – रहबर अन्सारी
९) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति – सुम्निमा उदास
१०) अर्थ समिति – सुशान्त वैदिक
११) संसदीय सुनुवाइ समिति – (टुंगो लाग्न बाँकी)






















