images
images
  • रास्वपा सरकार बनेकै भोलिपल्ट हेटौँडा सिमेन्ट उद्योग बन्द

    मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै उत्पादन बन्द गरेको छ ।

    करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।

    करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए ।

    कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

    रास्वपा सरकार बनेयता देशका केही उद्योग बन्द छन् भने केही खुलेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images