images
images
  • राप्रपाले किन सोध्यो २ महिला नेत्रीलाई स्पष्टीकरण ?

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशासन समितिले दुई नेतामाथि ७२ घन्टे स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

    समिति अध्यक्ष रोशन कार्कीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र महिला संगठनकी सचिव चाहना अधिकारीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    उनीहरूमाथि समानुपातिक सूचीविरुद्ध गतिविधि, पार्टी कार्यालयमा धर्ना तथा पार्टी हितविपरीत प्रहरी–अदालतमा पुगेको आरोप लगाइएको छ ।

    साथै महिला नेताहरूमाथि लाञ्छना लगाएको र केही नेताविरुद्ध उजुरी दिएको पनि समितिको निष्कर्ष छ ।

    समानुपातिक सूचीमा परिवारवाद भएको आरोप लगाउँदै उनीहरूले सूची सच्याउन मागसहित अनसन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images