images
images
  • ओलीलाई हटाउन विष्णु पौडेल समूह सक्रिय

    काठमाडौं– नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित केही शीर्ष नेताहरूको समर्थनमा अभियान अघि बढाइएको बताइएको छ ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरू पनि यस अभियानसँग जोडिएको दाबी गरिएको छ ।

    २१ फागुनको निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि ओलीले नेतृत्व छोड्नुपर्ने आवाज उठ्दै आएको छ। सोही पृष्ठभूमिमा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको माग तीव्र बनेको हो ।

    यसैबीच, पूर्वराष्ट्रपति भण्डारीको पछिल्ला राजनीतिक भेटघाट र सक्रियतालाई पनि एमालेभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ। पार्टीभित्र ओलीको विकल्प खोज्ने बहस चर्किँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images