images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ ।

    बुधबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

    बुधबार प्रतितोला पाँच हजार दुई सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images