images
images
  • यी मुद्दामा हुँदैछ ओली–लेखकविरुद्ध अनुसन्धान

    काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको ज्यानसम्बन्धी मुद्दामा प्रहरीलाई चार बुँदे अनुसन्धान निर्देशन दिएको छ ।

    सर्वोच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा रिहा गरिएका दुवै जनामाथि अनुसन्धान जारी राख्दै सरकारी वकिल कार्यालयले भदौ २३ गतेको घटनासम्बन्धी सबै मृतकहरूको लासजाँच मुचुल्का र पोस्टमार्टम कागजात संलग्न गर्न निर्देशन दिएको छ ।

    त्यस्तै, घटनाका प्रत्यक्षदर्शी तथा जानकारी भएका व्यक्तिहरूको पहिचान गरी बयान लिने, घटनास्थलका सीसीटीभी फुटेज संकलन गरी मिसिलमा राख्ने र थप तथ्य खुलेपछि प्रतिवादीहरूको पुनः बयान लिनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

    यसअघि ओली र लेखकसँग प्रारम्भिक बयान लिइसकिएको छ। उनीहरूलाई सर्वोच्चको आदेशअनुसार हाजिरी जमानीमा रिहा गरिएको भए पनि अनुसन्धान भने रोकिएको छैन ।

    ओली अझै अस्पतालमा उपचाररत छन् भने लेखक भने उपस्थित भई बयान दिएका छन् ।

    जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको घटनामा ज्यानसम्बन्धी कसुर भएको निष्कर्ष निकाल्दै दुवै जनासहित अन्य सुरक्षा अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको थियो ।

    सो सिफारिस कार्यान्वयनबारे अध्ययन गर्न सरकारले छुट्टै समिति पनि गठन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images