काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति अवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिटको सुनुवाइ बिहीबार हुने भएको छ ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सो मुद्दा पेशीमा परेको हो ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीलाई सूचना दिने आदेश गरेको थियो ।
प्रारम्भिक चरणमा न्यायाधीश सुनिलकुमार पोखरेलले अन्तरिम आदेश दिन अस्वीकार गर्दै केही संवैधानिक र कानुनी प्रश्न अन्तिम सुनुवाइमा टुंगो लगाउनुपर्ने बताएका थिए ।
निर्वाचन आयोगले गगन थापा सभापति चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा–खड्का पक्षले सर्वोच्चमा रिट दायर गरेको हो ।
रिटमा विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै कार्यसमिति खारेज गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















