images
images
  • मन्त्रीहरूका सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

    काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुको सम्पत्ति स्रोत खुलाउन माग गरेका छन्।

    सामाजिक सञ्जालमार्फत हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका मन्त्रीहरूलाई सम्पत्ति स्रोत खुलाउन आग्रह गरेका हुन्।

    ‘बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है१ जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले,’ उनले फेसबुकमा लेखेका छन्, ‘अनि तपाईं लगायत सबै मन्त्रीहरुको सम्पत्तिको स्रोत खोल्दिनु। जनताले त्यही पर्खिराछन्।’

    गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट मार्फत् प्रधानमन्त्री बालेनसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।

    युवा उमेरकै मन्त्रीहरूसँग सुन, घरजग्गा, शेयरबजारमा लगानी गरी करोडौं सम्पत्ति रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना र प्रश्न उठेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images