images
images
  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

    निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको हो ।

    नयाँ मूल्यसूची अनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।

    परिवर्तित मूल्यअनुसार, डिजलरमट्टीतेलको प्रतिलिटर रु दुई सय ३७ पुगेको छ भने हवाई इनधनको मूल्य प्रतिलिटर रु दुई सय ५६ पुगेको छ ।

    अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images