images
images
  • अमेरिकी साम्राज्यवाद र नेपाली सहयोगीमार्फत गत निर्वाचनमा रास्वपा बहुमतसिद्ध

    काठमाडौं– चैत १९ मा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकपछि अर्को बैठक बिहीबार बस्ने भएको छ।

    बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड’ले उठेका प्रश्नहरूको जवाफ दिने तयारी गरेका छन्।

    बैठकमा वरिष्ठ नेता झलनाथ खनाल ले पेश गरेको निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल हुनेछ। उनले पार्टीको हारको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने र वाम एकता आवश्यक रहेको बताएका छन्।

    खनालले २०७४ को दुईतिहाइ सरकार जनअपेक्षा पूरा गर्न असफल भएको, साथै पछिल्ला सरकारहरूले भ्रष्टाचार र कुशासन बढाएको उल्लेख गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी लाई विदेशी प्रभावमार्फत उचालिएको आरोपसमेत लगाएका छन्।

    उनले सामाजिक सञ्जालमार्फत ‘जेन्जी’ आन्दोलन भड्काएर हिंसा र अस्थिरता सिर्जना गरिएको दाबी गर्दै निर्वाचनमा डिजिटल माध्यमबाट जनमत प्रभावित पारिएको बताएका छन्।

    समीक्षामा वाम मत विभाजन, कमजोर संगठन, नेतृत्वको एकल निर्णय शैलीलगायत २३ भन्दा बढी कारणले हार भएको उल्लेख गर्दै खनालले पार्टी पुनर्गठन र वाम एकताको आवश्यकता औंल्याएका छन्।

    jhalnath khanal pic 1024x624 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images