images
images
  • युक्रेन विरुद्धको युद्धमा क्वुबाले रूसमा सेना पठाएको अमेरिकी दाबी

    काठमाडौं– अमेरिकाले रूस–युक्रेन युद्धमा क्युबाका लडाकुहरू संलग्न रहेको दाबी गरेको छ ।

    डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले संसदलाई दिएको जानकारीअनुसार क्युबाले रूसलाई कूटनीतिक तथा राजनीतिक समर्थन मात्र नभई युद्धका लागि लडाकुसमेत पठाएको आरोप लगाइएको छ ।

    अमेरिकी विदेश मन्त्रालयका अनुसार क्युबाले औपचारिक रूपमा यस विषयलाई पुष्टि नगरे पनि राज्यस्तरबाट सहजीकरण भएको आशंका गरिएको छ ।

    यसअघि उत्तर कोरियाले पनि रूसका पक्षमा सैनिक पठाएको विषय सार्वजनिक भइसकेको थियो, जसले युद्धमा अन्य देशहरूको संलग्नता बढ्दै गएको संकेत गरेको छ ।

    यता, क्युबा सरकारले ऊर्जा संकट समाधानका लागि अमेरिकासँग संवाद भइरहेको जनाएको छ ।

    तर अमेरिकी सञ्चारमाध्यमहरूले क्युबामा राजनीतिक हस्तक्षेपको सम्भावनासमेत औँल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images