काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका कारोबारमाथि पनि छानबिन गर्ने तयारी गरेको छ ।
भर्खरै सार्वजनिक ‘भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८)’ अनुसार सहकारी, निजी कम्पनी र अन्य संस्थामा हुने भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।
रणनीतिअनुसार आगामी दुई वर्षभित्र नयाँ भ्रष्टाचार निवारण ऐन ल्याइनेछ, जसमा निजी क्षेत्रको भ्रष्टाचारको परिभाषा, कसुर, सजाय र बिगो असुलीसम्बन्धी व्यवस्था गरिनेछ ।