images
images
  • सामसङ नेपालद्वारा माइक्रोवेभ मास्टरक्लास आयोजना

    काठमाडौं– सामसङ नेपालले आफ्नो बहुउपयोगी माइक्रोवेभ लाइनअप प्रवर्द्धन गर्ने उद्देश्यले विशेष “माइक्रोवेभ मास्टरक्लास” सफलतापूर्वक आयोजना गरेको छ। घरमै स्मार्ट र रमाइलो कुकिङलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गरिएको यस कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो।

    शनिबार, अप्रिल ११ मा द्वारका प्यालेसमा सम्पन्न उक्त मास्टरक्लासमा सहभागीहरूले सामसङका Solo, Grill र Convection माइक्रोवेभ मोडेलहरूको प्रयोग गर्दै प्रत्यक्ष रूपमा आधुनिक कुकिङ प्रविधिको अनुभव लिन पाए। कार्यक्रममा माइक्रोवेभ प्रविधिबाट स्वाद र पोषण कायम राख्दै खाना पकाउने प्रक्रिया कसरी अझ सजिलो र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिएको थियो।

    शेफ उलकले छिटो खाना तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्मका विभिन्न परिकार तयार गर्ने तरिकाहरू प्रस्तुत गरे। यसले व्यस्त जीवनशैली भएका परिवारका लागि सामसङ माइक्रोवेभहरू छिटो, स्मार्ट र सहज समाधान भएको कुरा उजागर गरेको थियो।

    कार्यक्रमले गृहिणी, खाना पकाउने उत्साही तथा प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गरेको थियो। निःशुल्क दर्ता मार्फत सहभागीहरूलाई माइक्रोवेभ कुकिङको व्यवहारिक अनुभव लिन र दैनिक जीवनमा यसको उपयोगिता बुझ्न आमन्त्रण गरिएको थियो।

    साथै, कार्यक्रममा Samsung SmartThings एपको प्रत्यक्ष डेमो पनि प्रस्तुत गरिएको थियो। सहभागीहरूले Bespoke AI वाशिङ मेसिन र रेफ्रिजरेटरजस्ता सामसङका स्मार्ट उपकरणहरूसँग एप कसरी जोडिन्छ र त्यसले दैनिक घरायसी कामलाई कसरी सरल र सुविधाजनक बनाउँछ भन्ने बारे जानकारी पाए।

    यो पहल सामसङको घरायसी कुकिङ अनुभवलाई आधुनिक, सहज र इनोभेटिभ बनाउन निरन्तर प्रयासको हिस्सा हो। उन्नत प्रविधि र विशेषज्ञ कुकिङ मार्गदर्शनको संयोजनमार्फत ब्रान्डले प्रयोगकर्ताहरूलाई आफ्नो भान्सामा नयाँ परिकारहरू प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

    सामसङ नेपालले आफ्ना Solo, Grill र Convection सहितका माइक्रोवेभ मोडेलमार्फत आधुनिक जीवनशैलीअनुकूल बहुउपयोगी समाधानहरू प्रदान गर्दै आएको छ। यी उत्पादनहरू देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images