काठमाडौं– वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका थप चार देशमा पुनः श्रम स्वीकृति दिन थालेको छ ।
विभागका अनुसार अब इजरायल, कुवेत, बहराइन र लेबननका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो ।
यसअघि नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि श्रम स्वीकृति पुनः सुरु भइसकेको थियो । हाल उक्त सूचीमा थप चार देश समावेश भएका हुन् ।
त्यसैगरी, इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ गतेको निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था रहेको मन्त्रालयले चैत ३० गते निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















