काठमाडौँ– एनसेल प्रयोगकर्ताहरूका लागि नयाँ वर्षसँगै कफी पिउने अनुभव अझ आकर्षक बनेको छ। एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यअन्तर्गत देशभरका आउटलेटहरूमा कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट उपलब्ध गराइएको छ।
यस अफरअनुसार रु ४९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकले एक कप कफी खरिद गर्दा अर्को कप निःशुल्क पाउनेछन् भने तेस्रो कपमा ३० प्रतिशत छुट दिइनेछ।
त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेर समूहका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गर्दा सबै खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्। अन्य ग्राहकले पनि रु ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान सक्रिय भएमा १० प्रतिशतसम्म छुट लिन सक्नेछन्।

यो अफर प्रयोग गर्न कुनै झन्झटिलो प्रक्रिया छैन। ग्राहकले एनसेल एपमार्फत ‘पार्टनर्ड सर्भिसेस’ अन्तर्गत ‘हिमालयन जाभा कफी’ विकल्पमा गएर आफ्नो योग्यता हेर्न सक्छन्। एउटा बिलमा एउटा मात्र छुट लागू हुने र उपलब्धमध्ये सबैभन्दा बढी छुट स्वतः लागू हुने व्यवस्था गरिएको छ।
अर्डर गर्दा एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ, स्क्रिनसट मान्य हुने छैन। प्याक सक्रिय रहुञ्जेल ग्राहकले यो सुविधा पटक–पटक उपयोग गर्न सक्नेछन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेका अनुसार यस सहकार्यले ग्राहकलाई दैनिकीबाट केही समय निकालेर रमाइलो क्षण साट्न थप अवसर दिनेछ। हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले पनि यस साझेदारीले कफीप्रेमीका लागि नयाँ अनुभव ल्याउने विश्वास व्यक्त गरेका छन्।
यस योजनासम्बन्धी थप जानकारी एनसेल एप वा आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।