images
images
  • रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

    सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहान १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

    संसदीय समितिका सभापतिमा मनोनयन दर्ता अघि बैठक बस्न लागेको हो ।

    प्रतिनिधिसभाले गत चैत २७ मा विषयगत समितिका सदस्य टुंग्याइसकेको छ भने सभामुख डोलप्रसाद अर्यालले सभापति निर्वाचन शुक्रबारका लागि तोकिसकेका छन् ।

    संघीय संसद् अन्तर्गत १६ समिति छन्, प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र २ संयुक्त समिति छन् ।

    राष्ट्रिय सभातर्फका सभापति चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापति चयन हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images