images
images
  • गृहमन्त्रीले भारत–चीन सीमा रक्षाका लागि खटाए हजारौँ सेना

    काठमाडौं– भीड नियन्त्रणमा सशस्त्र प्रहरीलाई सुरुवातमै परिचालन नगर्ने नीति बनाइँदै गर्दा भारतीय सीमामा भने सुरक्षा सुदृढ गरिएको छ ।

    सशस्त्र प्रहरीका डीआईजी विष्णुप्रसाद भट्टका अनुसार २७ जिल्लाबाट २,२०० जनशक्ति सीमामा खटाइएको छ र यो संख्या चाँडै ३,००० पुग्नेछ ।

    २४सै घण्टा गस्तीका लागि जनशक्ति थप गरिएको हो, साथै दीर्घकालीन रूपमा तराई क्षेत्रमा स्थायी तैनाथी बढाउने तयारी भइरहेको छ ।

    गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि सीमा सुरक्षा मजबुत पारिएको हो भने सशस्त्र प्रहरीले १०–१२ हजार थप जनशक्ति माग गरेको छ ।

    उता, भीड नियन्त्रणमा नेपाल प्रहरीलाई प्राथमिक जिम्मेवारी दिँदै सशस्त्र प्रहरीलाई दंगा भइसकेपछि मात्र परिचालन गर्ने प्रस्ताव गरिएको छ ।

    समन्वय र जवाफदेहिता स्पष्ट बनाउन यस्तो नीति ल्याउन लागिएको हो ।

    साथै, औद्योगिक तथा रेलवे सुरक्षाको जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई दिने तयारी छ भने बीओपी संख्या ४२५ पुर्‍याउने योजना अघि बढाइएको छ ।

    दंगा नियन्त्रणका लागि कीर्तिपुरस्थित नीलबाराही गणलाई विशेष गण बनाइएको छ, जहाँ विशेष तालिमसहित छुट्टै जनशक्ति परिचालन गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images