images
images
  • हिन्द महासागरमा डुंगा दुर्घटना, २५० जना बेपत्ता

    काठमाडौं -बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् ।

    संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।

    बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो ।

    तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेका कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ ।

    बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई ९ अप्रिलमा उनीहरूको एक जहाजले डुंगा दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो ।

    उक्त डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे स्पष्ट नभएको बीबीसीमा उल्लेख छ । रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो ।

    सन् २०१७ मा भएको हिंस्रक अभियानपछि उनीहरू ठूलो संख्यामा बंगलादेश भागेका थिए ।

    बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्या मुसलमानलाई नागरिकता दिइँदैन ।

    बांगलादेशको खराब अवस्थाका कारण कयौं रोहिङ्ग्या जोखिमयुक्त समुद्री यात्रा गरेर मलेशिया जाने गरेका छन् ।

    बंगलादेश कोस्ट गार्डको जहाजले उद्दार गरेका मध्येका एक रफिकुल इस्लामले उद्दार हुनुअघि आफूले झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन् ।

    मलेशियामा नोकरी मिल्ने भनिएपछि आफूले जोखिमयुक्त यात्रा गरेको ४० वर्षीय इस्लामको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images