काठमाडौं- पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ ।
पोखरा २२ पुम्दीभुम्दी स्थित ठूलाडिही भन्ने ठाउँमा बसमा आगो लागेको हो ।
ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिसकिएको छ ।
बाग्लुङबाट स्याङजा वालिङको लागि छुटेको बस पोखरा आइपुगेपछि आगो लागेको हो ।
बसमा आगोलागी भएको भन्ने खबर पाउने वित्तकै वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको कमाण्डमा १५ जनाको टोली खटिएको थियो ।
बसमा ४० जना यात्रु सेवार रहेको बताइएको छ । अहिले गाडीमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।
तर गाडी जलेर ठूलो क्षति भएको बताइएको छ ।
घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















