काठमाडौं– आज सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
गत मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार ६५ रुपैयाँ पुगेको छ ।
गत मंगलबार चाँदी तोलामा ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















