काठमाडौं– सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो ।
हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















