images
images
  • बैंकले घटाए ब्याजदर, कृषि विकास बैंकको बढ्यो (सूचीसहित)

    काठमाडौं– वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन्।

    प्रकाशित विवरणअनुसार १० वाणिज्य बैंकले भने ब्याजदर स्थिर राखेका छन्। ब्याजदर यथावत् राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन्।

    त्यस्तै, ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्।

    सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएका छन्। हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। अन्य अधिकांश बैंकहरूले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर घटाएका छन् भने नबिल बैंकले संस्थागत निक्षेपतर्फ मात्र ०.५४ प्रतिशत विन्दुले कटौती गरेको छ।

    व्यक्तिगत निक्षेपतर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५ प्रतिशत, एभरेष्ट बैंकले ०.२० प्रतिशत, कुमारी बैंकले ०.०७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

    यस अवधिमा ब्याजदर वृद्धि गर्ने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ। उक्त बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ।

    bank UiEUHE9wTg

    प्रतिक्रिया दिनुहोस्
    images
    images