images
images
  • एक पटक पनि स्पष्टीकरणको मौका नदिएको पदमुक्त श्रममन्त्री साहको गुनासो

    काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी ले फिर्ता बोलाउन सिफारिस गरेसँगै प्रधानमन्त्री शाहले उनलाई पदबाट हटाएका हुन्।

    मन्त्री नियुक्त भएको जम्मा १३ दिनमै साह पदमुक्त भएका छन्।

    पदमुक्त भएपछि साहले आफ्नो प्रतिक्रिया दिँदै निर्णयलाई सामान्य रुपमा लिएको बताए।

    उनले भने, ‘मेरो क्षमता हेरेर जिम्मेवारी दिइएको थियो। हटाउने अधिकार पार्टी र प्रधानमन्त्री दुवैसँग हुन्छ। उहाँलाई अहिले हटाउन उचित लाग्यो भने त्यो पनि स्वीकार्छु।’

    तर उनले प्रक्रियागत असन्तुष्टि भने व्यक्त गरेका छन्।

    ‘कम्तिमा एकपटक स्पष्टीकरण सोध्ने अवसर दिएको भए राम्रो हुन्थ्यो। आफ्नो कुरा राख्न पाएको भए हुन्थ्यो,’ उनले भने।

    साहको पदमुक्तिसँगै सरकारभित्र निर्णय प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images