images
images
  • योजना आयोगमा नियुक्त भएका ६ सदस्य को-को हुन् ?

    काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ ।

    योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा। देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका हुन् ।

    सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।

    त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का सिनियर फेलो हुन् ।

    अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिइन् ।

    प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् ।

    उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन् ।

    यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा ड.। गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images