काठमाडौं– प्रधानमन्त्री बालेन शाहले श्रममन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।
रास्वपाको सिफारिसपछि साहलाई हटाइएको हो ।
साहले पदको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोप लागेपछि रास्वपाले कारबाही सिफारिस गरेको थियो ।
पार्टीको अनुशासन आयोगले पनि यसबारे प्रतिवेदन दिएको थियो ।
यस्तै, स्वास्थ्य मन्त्री निशा मेहतालाई भने प्रधानमन्त्रीले सचेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















