images
images
  • पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भेपमा सुन तस्करी गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ ।

    मुद्दाको फाइल लिएर आयोगका कर्मचारीहरू विशेष अदालत पुगेका छन् र विवरण रुजु गर्ने काम जारी छ ।

    महरा र उनका छोरा राहुल चीनबाट भेपमार्फत सुन तस्करी गर्न खोज्ने गिरोहसँगको संलग्नतामा फेला परेका छन् ।

    उक्त गिरोह २०७९ मा भन्सारले पक्राउ गरेको थियो ।

    अख्तियारले आरोप र बिगोसम्बन्धी थप विवरण खुलाइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images