images
images
  • मुखाले हर्कको मुख थुन्न उपसभामुखको बुजो

    काठमाडौं– संसद्मा रास्वपा नेतृत्वको सरकारलाई सदन र बाहिरबाट छिनछिनमा खबरदारी गर्ने व्यक्ति हुन्‌– हर्क साम्पाङ ।

    श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङ सामाजिक सञ्जालमार्फत सरकार र रास्वपाका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् ।

    तर, विपक्षी दलबाट भए पनि, रास्वपाले श्रम संस्कृति पार्टीको उपसभामुख उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    सात सांसद रहेको श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर उपसभामुख बन्ने सम्भावना प्रबल छ ।

    रास्वपाको समर्थन पाउँनासाथ उनी दुई तिहाइ भन्दा बढी सांसदको समर्थन सुनिश्चित गर्नेछिन् ।

    संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगका व्यक्तिले बन्नुपर्छ ।

    रास्वपाले उपसभामुखका लागि श्रम संस्कृति र राप्रपा बीच समर्थन निर्णयको छलफल गरेको थियो ।

    राप्रपा नेताहरू सरस्वती लामाको उम्मेदवारी दर्ता गराउने तयारीमा थिए भने, रास्वपा–श्रम संस्कृति छलफलपछि रुबीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भयो ।

    अब रास्वपाको औपचारिक समर्थनसहित रुबीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित देखिन्छ। रास्वपा–श्रम संस्कृति मिल्दा प्रतिनिधिसभामा १८९ सिटको समर्थन जुट्नेछ, जुन दुई तिहाइभन्दा बढी हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images