काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई उम्मेदवार छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
राप्रपाले एकल रूपमा उपसभामुख पदका लागि लामाको समर्थन गरेको छ ।
भने, रुबी कुमारीलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्दैछ ।
लामाको प्रस्तावक दलका नेता ज्ञानेन्द्र शाही हुन्, भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन् ।
रुबी कुमारीको प्रस्तावक पार्टीका सांसद आरेन राई हुन् भने रास्वपाका अशोककुमार चौधरीले समर्थन गरेका छन् ।
सत्तारुढ दल रास्वपाको एकल झन्डै दुई तिहाइ बहुमतलाई हेर्दा, उपसभामुख पदमा रुबी कुमारीको निर्वाचन लगभग पक्का मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















