images
images
  • सरकारी जागिर छोडेर जलविद्युत उद्यमी बनेका बटु, महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी दर्ता

    काठमाडौं– नेपालको जलविद्युत क्षेत्रका प्रतिष्ठित व्यवसायी बटु लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६० औँ महाधिवेशनका लागि केन्द्रिय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    लामिछानेले बिहीबार महासंघको केन्द्रीय कार्यालयमा पुगेर एसोसिएट समूहबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत्र २९ र ३० गते महाधिवेशन हुँदैछ ।

    जागिरदेखि जलविद्युतसम्मको लोभलाग्दो यात्रा

    कुनै समय सरकारी सेवा र बैंकिङ क्षेत्रमा अनुभव बटुलेका लामिछाने आज नेपालको ऊर्जा क्षेत्रमा एक निर्भीक र सफल पात्रका रूपमा चिनिन्छन् । काठमाडौँको एक सामान्य परिवारमा जन्मिएका उनले वाणिज्य र बजारशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    लोकसेवा उत्तीर्ण गरी महालेखा परीक्षकको कार्यालयमा केही वर्ष जागिर खाएका लामिछानेले २०३८ सालमा वाणिज्य बैंकमा प्रवेश गरेर बैंकिङ करियरकोसमेत अनुभव लिएका थिए ।

    तर, आफ्नै केही गर्ने हुटहुटीका कारण २०४२ सालमा बैंकको जागिर छोडेर उनी व्यवसायमा होमिए । उनले सुरुमा गलैँचा र धागो व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा आरम्भ गरेका थिए । धुम्बाराहीमा ुसिद्धी विनायक उल उद्योगु स्थापना गरी उनले कार्पेट निर्यातको क्षेत्रमा समेत राम्रो दख्खल बनाए ।

    निर्माण क्षेत्र हुँदै हाइड्रोपावरमा प्रवेश

    व्यावसायिक विस्तारका क्रममा उनले ुयुनिभर्सल कोइु मार्फत निर्माण क्षेत्रमा हात हाले । काठमाडौँ प्लाजा, बोटलर्स नेपाल जस्ता परियोजनाको नेतृत्व गरेका उनले त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक भवनहरू समेत निर्माण सम्पन्न गरे । निर्माण क्षेत्रको यही अनुभव र सफलताले उनलाई जलविद्युत क्षेत्रमा प्रवेश गर्ने साहस दियो ।

    इन्द्रावती (७.५ मेगावाट) आयोजनाबाट जलविद्युतको यात्रा सुरु गरेका लामिछानेले चाखुखोला, थोपल खोला लगायतका दर्जनौँ आयोजनाहरूमा कुशलतापूर्वक काम गरिसकेका छन् ।

    बीजी ग्रुपु र ४०० मेगावाटको लक्ष्य

    अहिले लामिछाने र व्यवसायी गणेश कार्कीको नेतृत्वमा रहेको बीजी ग्रुपु मार्फत २१५ मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू निर्माणाधीन छन् । १ मेगावाटबाट सुरु भएको यात्राले अहिले उनमा ४०० मेगावाट सम्मका आयोजनाहरू सजिलै निर्माण गर्न सक्ने आत्मविश्वास पलाएको छ ।

    लगानीमा विविधीकरण र नयाँ योजना

    पछिल्लो समय लामिछानेको बीजी ग्रुपले जलविद्युतमा मात्र सीमित नभई पर्यटन, सूचना प्रविधि, कृषि र उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ । घान्द्रुकमा होटल निर्माण सम्पन्न भइसकेको छ भने काठमाडौं, चितवन र भैरहवामा होटल परियोजनाहरू अगाडि बढाउने योजना छ ।

    ू२०४२ सालदेखि आजसम्म मैले जे(जति अनुभव सँगालेको छु, त्यसलाई अब युवा पुस्तामाझ बाँड्न चाहन्छु, लामिछाने भन्छन्, देशको जल, जमिन र जंगलमा रहेका अपार सम्भावनालाई उपयोग गर्न युवा शक्तिलाई प्रोत्साहित गर्ने मेरो मुख्य योजना छ ।

    यही अनुभव र व्यावसायिक भिजनलाई महासंघमार्फत संस्थागत रूपमा अगाडि बढाउन उनले यसपटक केन्द्रिय कार्यकारिणीमा आफ्नो दाबेदारी प्रस्तुत गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images