काठमाडौं– राप्रपाले उपसभामुख पदमा सरस्वती लामालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
लामा राप्रपाको समानुपातिक सांसद हुन् ।
सभामुख रास्वपाबाट भएकाले उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्छ ।
रास्वपा अन्य ठूला दललाई समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाले संवाद सुरु गरेको हो ।
पहिला रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच पनि कुरा भएको थियो ।
राप्रपाका एक नेताका अनुसार, ‘आज पनि कुरा भयो, समर्थनको संकेत छ । अब पार्टीमा छलफल गरेर टुंगो लगाउँछौं ।’
पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम बुझाएको छ ।
तर रास्वपाले राप्रपालाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















