images
images
  • कलाकार ‘बले’विरुद्ध पीडितले अमेरिकामै हालिन् बलात्कारको मुद्दा

    काठमाडौं– कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ।

    अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्टमा एफआइआर दर्ता गरेकी छन्।

    प्रहरीले मुद्दा अनुसन्धानमा लिएको छ र अमेरिकी प्रहरी नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा गरिएको छ।

    संगमले फेसबुकमा लेखे अनुसार, बले एक वर्षअघि अमेरिका आउँदा उनलाई फ्ल्याटमा लगेर जबरजस्ती करणी गरेको दाबी गरेकी छन्।

    नेपाल प्रहरीले बलेलाई हिरासतमा राखेको छ, तर बलात्कारको जाहेरी नपरेको कारण जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यवहारको कसुरमा ५ दिन हिरासत म्याद थपिएको छ।

    कानूनी रुपमा अधिकतम २५ दिन हिरासत राख्न सकिन्छ।

    संगमको परिवार हाल वकिलसँग कानूनी परामर्श लिइरहेका छन् र नेपालमा जाहेरी दिने निर्णय भने आइसकेको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images