images
images
  • ट्रम्पले फेरि दिए इरानलाई ध्वस्त पार्ने चेतावनी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक सम्झौता’ पालना नभए इरानमाथि इतिहासकै ठूलो आक्रमण हुने चेतावनी दिएका छन् । उनले भने, “यदि सम्झौता पालना भएन भने हुने कारबाही अहिलेसम्मको सबैभन्दा ठूलो र शक्तिशाली हुनेछ।”

    ट्रम्पले अमेरिकी सेना र हतियार क्षेत्रमै यथावत रहने बताएका छन् र आवश्यक परे पुनः कारबाहीको तयारीमा रहेको बताएका छन् ।

    ट्रम्पले वास्तविक सम्झौता अन्तर्गत इरानले परमाणु कार्यक्रम रोक्ने र हर्मुज नहर खुला राख्ने कुरा रहेको बताए । तर इरानले युद्धविराममा परमाणु कार्यक्रम रोक्ने उल्लेख नभएको दाबी गरेको छ ।

    युद्धविराम पछि ट्रम्पले मध्यपूर्वमा स्वर्णिम युग आउन सक्ने र अमेरिकाले पुनर्निर्माणमा सहायता गर्न तयार रहेको बताए ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई मध्यस्थताका लागि धन्यवाद समेत दिएका छन् ।

    तर इरानले युद्धविराममा लेबनन समावेश नभएको र इसराइलको हमला जारी रहेको भन्दै वार्ताको औचित्य कम भएको बताएका छन् ।

    बुधबार लेबननमा २५० भन्दा बढी मारिएका छन् । इरानी सभामुख मोहम्मद बाघेर गालिबाफले पनि वार्ताको आवश्यकता नभएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images