काठमाडौं– प्रतिनिधिसभाको उपसभामुखमा विपक्षी दलहरू उम्मेदवारी दिने तयारीमा छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र अन्य दलहरू आन्तरिक छलफल गरिरहेका छन् ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीका अनुसार, संविधानको मूल मर्मअनुसार सभामुख र उपसभामुख एउटै पार्टीका नहुने भएकाले विपक्षीलाई उपसभामुखको पद दिनुपर्ने हो ।
अहिले उम्मेदवारी दिने कि नदिने र कुन पार्टीबाट दिने भन्ने विषयमा छलफल जारी छ ।
संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख मनोनयनको कार्यतालिका तोकेको छ ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन गर्ने घोषणा गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमतमा छ, त्यसैले पार्टीको समर्थन प्राप्त उम्मेदवार नै उपसभामुख हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्






















