काठमाडौं– १३ दिनपछि हिरासतबाट रिहा भए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्था सुधार नभएकाले अस्पतालमै रहने भएका छन् ।
उनको पत्थरीको समस्या समाधानका लागि आगामी मंगलबार शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।
चिकित्सकका अनुसार सुगर अस्वाभाविक रूपमा बढ्नुका साथै थाइराइड र पत्थरीसम्बन्धी समस्या देखिएकाले उपचार प्रक्रिया लम्बिएको हो ।
प्रहरीले उनलाई पत्नीको जिम्मा लगाएर रिहा गरे पनि अस्पतालले भने तत्काल डिस्चार्ज नगर्ने जनाएको छ ।
चिकित्सकहरूको समन्वयपछि मात्रै शल्यक्रियाबारे अन्तिम निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















