images
images
  • उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

    काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ता हुँदैछ ।

    संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

    प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।

    २७ गते उपसभामुखको निर्वाचन हुँदै छ ।

    संविधान अनुसार सभामुख र उपसभामुख फरक-फरक लिङ्ग र फरक-फरक हुनुपर्ने व्यवस्था भएकाले कसले पाउने हो भन्ने निश्चित छैन ।

    प्रतिनिधिसभा नियमावलीको नियम ७ मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

    प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।

    रास्वपा एकल बहुमतमा रहेकाले उसले जसलाई समर्थन गर्छ, त्यही उपसभामुख हुनेछ । उपसभामुखमा एमाले बाहेकका दलले दाबी गरेका छन् ।

    तर, रास्वपाले कुनै पनि दललाई ‘ग्रिन सिङ्नल’ दिएको छैन । रास्वपा नेताहरू दलहरूसँग छलफल जारी रहेको तर निष्कर्ष निस्किन सकेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images