images
images
  • बढेको भाडा विद्युतीय सवारीसाधनमा लागु नहुने

    काठमाडौं- सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ ।

    सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ ।

    यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।

    इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ ।

    विभागका अनुसार कुल १३ सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो ।

    अहिले एक प्रदेशबाट एक वा त्यसभन्दा बढी प्रदेशमा जाने यात्रुवाहक र मालवाहक सवारीसाधनका हकमा मात्र भाडा बढेको हो ।

    छोटो दुरी अर्थात् एक सहरभित्र र प्रदेशभित्रका हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images