images
images
  • राष्ट्रिय सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

    काठमाडौं– राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

    सभाको आजको बैठकमा प्रधामन्त्री वालेन्द्र शाहको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरे ।

    बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को मर्यादामा हेरफेरसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।

    राष्ट्रिय सभाको अर्को बैठक यही चैत २७ गते शुक्रबार अपराह्न ४ः१५ बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images