धनगढी– कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।
कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।
उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् ।
घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।
घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका रहेको एसपी खत्रीले बताए ।
उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















